You are viewing the translated version of बीमा दलालको योग्यता.

Section 54
बीमा दलालको योग्यता
बीमा दलाल हुन ऐनको दफा ९२ को उपदफा (३) को अतिरिक्त देहायका योग्यता तथा शर्त पूरा गरेको हुनु पर्नेछ:-

(क) प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता भएको,

(ख) त्यस्तो संस्थाको मुख्य व्यवस्थापकले स्नातकोत्तर उपाधि हासिल गरेको,

(ग) बीमा दलाल भई कार्य गर्ने संस्था वा त्यस्तो संस्थामा प्रचलित कानून बमोजिम: मुख्य व्यवस्थापक भई कार्य : गर्ने व्यक्ति कालोसूचीमा नरहेको।